काेराेना संक्रमितकाे संख्या २ सय ९५ पुग्याे, २ जनाको ज्यान गयो

नेपालमा कोरोना संक्रमित पुनः थपिएका छन्। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणबाट तीन जनामा कोरोना संक्रमण थपिएको हो। धनकुटा निवासी ३४ वर्षीया महिला र विराटनगर निवासी २९ वर्षीया महिला र ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।

याे सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ९५ पुगेको छ भने कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ। थपिएका तीनै जना संक्रमितको स्वास्थय अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *