सलमानको “राधे” को रिलिज मिति तोकियो

बलिउड बहुप्रतिक्षित चलचित्र ‘राधे : योर मस्ट वान्टेड भाइ’ आगामी वैशाख ३० गते रिलिज हुने भएको छ। सलमान खानको मुख्य भूमिका रहने “राधे” लाई मुस्लिम धर्मावलम्बीको पर्व इदको अवसर पारेर प्रदर्शनमा लेराउन लागिएको हो l
सलमानले सामाजिक सञ्जालमा चलचित्रको पोस्टर रिलिज गर्दै प्रदर्शन मितिबारे जानकारी दिएका हुन् । पोस्टरमा सलमानलाई एक्सन अवतारमा देख्न सकिन्छ ।
सलमान खान फिल्मस र जी स्टुडियोले संयुक्तमा निर्माण भएको चलचित्र दिशा पटानी, रणदीप हुडा र ज्याकी श्रोफको अभिनय रहेको छ l

Leave a Reply

Your email address will not be published. Required fields are marked *